राष्ट्रपति भण्डारी पोखरामा

 साउन ३०, २०७९ सोमबार १८:४२:४६ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की – राष्ट्रपति विद्यादेवी भण्डारी आज साेमवार पोखरा आउनुभएको छ । मङ्गलवार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ बुद्ध एअरको जहाजमार्फत पोखरा आइपुग्नुभएको हो । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी पोखराको विरौटामा रहेकाे होटेल पोखरा ग्रान्डमा बस्नुभएको छ । उहाँ मङ्गलवार बिहान साढे ८ बजे पोखरामा रहेकाे विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्यवासिनी मावि बाटुलेचौरको हीरक जयन्तीमा सहभागी हुनुहुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति मङ्गलवार नै दिउँसो १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाण्डाै फर्कने कार्यक्रम छ । 

राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया