दोहोरो नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

 साउन ३०, २०७९ सोमबार १९:१९:७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस गर्ने उमाकुण्ड गाउँपालिका ४ का अध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

एक पटक नागरिकता लिइसकेकी उमाकुण्ड गाउँपालिका ४ की निर्मला बस्नेतले आफ्नो जन्मदर्ता नै परिर्वतन गरी बहिनीको प्रमाणपत्रको आधारमा वडा कार्यालयमा जन्म दर्ता गराइ नागरिकताको सिफारिस लिएकी थिइन् । बस्नेतलाई जन्म दर्ता गराउन र सिफारिस लिन सहयोग गरेको भन्दै उनकी आमा दिलकुमारी र नागरिकताको सिफारिस दिने वडा सचिव पदमकुमारी बस्नेतलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको थियो । 
दोहोरो नागरिकताको सिफारिस दिएको आधारमा वडा सचिवलाई प्रहरीले पक्राउ परेपछि वडाध्यक्ष सुनुवार फरार भएका थिए ।

रामेछाप जिल्ला अदालतले वडाध्यक्षसमेतलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएअनुसार सुनुवारलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका तीनै जनालाई दोहोरो जन्मदर्ता बनाइ दोहोरो नागरिकता लिन लागेको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया