झन्डै २ करोड फिलिपिन्स नागरिक गरिबीको रेखामुनि

 साउन ३०, २०७९ सोमबार २०:४:४७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सन् २०२१ मा झन्डै दुई करोड फिलिपिन्स नागरिक गरिबीको रेखामुनि बाँचिरहेका सोमवार सार्वजनिक गरिएको सरकारी सर्वेक्षणले देखाएको छ । काेभिड–१९ महामारीकाे असरपछि आर्थिक मन्दीका कारण याे अवस्था आएकाे सर्वेक्षणले भनेकाे छ ।

सन् २०२१ को पारिवारिक आय-व्यय सर्वेक्षणलाई उद्धृत गर्दै फिलिपिन्स तथ्याङ्क प्राधिकरण (पीएसए) ले याे जनसङ्ख्या प्रतिव्यक्ति आयले आधारभूत खाद्यान्न र गैर-खाद्य आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ । कुल जनसङ्ख्यामा याे अनुपात १८ दशमलव १ रहेको तथ्याङ्कले बताएको छ । यो आँकडाले लगभग दुई करोड नागरिकको प्रतिनिधित्व गर्दछ । फिलिपिन्समा झन्डै ११ करोड जनसङ्ख्या छ ।

सर्वेक्षणले पाँच जनाको परिवारलाई उनीहरूको आधारभूत खाद्य आवश्यकताहरू पूरा गर्न प्रतिमहिना कम्तीमा ८,३७९ पेसो (लगभग १५० अमेरिकी डलर) आवश्यक पर्ने देखाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया