प्रहरी परिचालन गर्दा पनि स्थानीयवासीले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? : मेयर साह

 साउन ३०, २०७९ सोमबार १९:३७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाण्डाै उपत्यकाकाे फाेहर विसर्जनमा देखिएकाे समस्या सतही मात्रै भएकाे टिप्पणी गर्नुभएकाे छ । 

बञ्चरेडाँडामा फाेहर फ्याँक्ने क्रममा आज साेमवार पनि अवराेध भएपछि टिप्पणी गर्दै मेयर साहले याे समस्याकाे गहिरा र अलग्गै कारणहरू रहेकाे बताउनुभएकाे हाे । उहाँले भन्नुभएकाे छ, ‘राज्यले पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाएको ठाउँमा फोहर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? दुई सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयवासीले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’

मेयर साहले केही कमजाेरी भएकाे स्वीकार्दै सिसडोलमा गरिएको लापर्बाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयवासीले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक नभएकाे बताउनुभएकाे छ । तर उहाँले विगत दाेहाेर्‍याएर अपराध नगर्ने प्रतिबद्धता पनि जनाउनुभएकाे छ । यसका लागि केही समय भने लाग्ने उहाँकाे भनाइ छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेकाे मेयर साहले बताउनुभयाे । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया