धादिङको सिम्लेमा हैजाको प्रकोप

 साउन ३१, २०७९ मंगलबार १३:३३:१३ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको थाक्रे गाउँपालिका-२ सिम्लेकी एक महिलामा हैजा देखिएको छ । 

घरमा झाडाबान्ता र पखाला लागेपछि साउन २९ गते उपचारका लागि  टेकु अस्पताल काठमाण्डौ पुर्‍याइएकोमा हैजा पुष्टि भएको थियो । 

सिम्लेका अन्य चार जनालाई समेत झाडापखाला, बान्ता प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

हैजा देखिएपछि मङ्गलवार बिहान धादिङबेसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत त्यस क्षेत्रमा  खटाइएको छ ।

प्रकोप प्रभावित क्षेत्रमा पानी उमालेर खान, व्यक्तिगत सरसफाइमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालय धादिङले सार्वजनिक सूचना गरी अनुरोध गरेको छ ।

पिउने पानीको नमुना सङ्कलन गरी पानीको गुणस्तर परीक्षण गरिने निर्णय गरिएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया