माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीलाई फिर्ता बोलायाे

 भदौ १०, २०७९ शुक्रबार १४:२९:८ | मुना हमाल
unn.prixa.net

सुर्खेत - नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो ।

दुई जना मन्त्रीलाई फिर्ता बोलाएर अन्य दुई जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन लागिएको छ ।

जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने निर्णय गरिएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । शाह र कामीसँगै अब माओवादी केन्द्रका सबै प्रदेश सभा सदस्यहरु मन्त्री बन्ने छन् ।

कर्णाली प्रदेश सभामा माओवादी केन्द्रबाट ११ जना सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । बाँकी रहेका दुई जनालाई पनि पालो पुर्याउन मन्त्री फेरबदल गर्न लागिएको हो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया