अरिँगालले चिल्दा वृद्धकाे ज्यान गयाे

 भदौ ११, २०७९ शनिबार १८:१७:२८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – घर नजिकैको खरबारीमा घाँस काट्ने क्रममा अरिँगालले चिल्दा लिखु तामाकोशी गाउँपालिका–४ कल्लेरीका ७५ वर्षीय वृद्ध टेकबहादुर सिंजाली मगरको शनिवार ज्यान गएको छ ।
    
शुक्रवार दिउँसो गाईबस्तुकाे लागि घाँस ल्याउन घर नजिकैको खरबारीतर्फ जानुभएका मगर रातिसम्म घर नफर्किएपछि परिवारका सदस्यहरुले खाेज्दै जाँदा उहाँलाई भुइँमा लडिरहेको र शरीरभरि अरिँगाल टाँसिएकाे अवस्थामा भेटेका थिए । 

उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा लगेका र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौ लैजाने क्रममा बीच बाटोमा नै मगरको ज्यान गएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । मृतक मगरको शव आजै पोष्टमार्टमको लागि मन्थली अस्पताल लगिएको छ । 
    
    
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया