कैलालीको मोहना नदीमा पानीको सतह घट्दै तर जोखिम भने कायमै

 भदौ १३, २०७९ सोमबार ७:५९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - कैलालीको मोहना नदीमा पानीको सतह घट्न थालेको छ ।

हिजो बेलुकादेखि परेको पानीका कारण बिहान ५ तिर पानीको सतहले खतराको तह पार गरेको थियो । तर अहिले ठूलो पानी नपरेकाले नदीमा पानीको सतह घट्न थालेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

 

नदीमा पानीको  सतह घटे पनि जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन उहाँको आग्रह छ ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहितका जिल्लामा हिजोदेखि वर्षा भइरहेको छ । आज पनि सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया