साउदीको पूर्वी क्षेत्रमा कार्यरत श्रमिकको समस्या समाधानका लागि दूतावासले छुट्टै कर्मचारी खटाउने

 भदौ १५, २०७९ बुधबार १७:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीको पूर्वी क्षेत्रमा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि थप एक जना कर्मचारी खटाइने भएको छ ।

साउदीको पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ र अलहासा क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत रहेको र यी क्षेत्रमा रहेका श्रमिकहरू समस्यामा पर्ने क्रम पनि बढेको भन्दै उनीहरूको समस्या समाधानका लागि थप एक जना कर्मचारी खटाइने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यसअघि यो क्षेत्रमा समस्यामा परेका श्रमिकको समस्या समाधानका लागि एक जना कर्मचारीले काम गरिरहेका छन् ।

तर समस्यामा पर्ने श्रमिकको सङ्ख्या बढ्दै जाँदा कर्मचारी पनि बढाउनु परेको दूतावासको भनाइ छ । आउँदो कार्त्तिक १ गतेदेखि थप एक जना दूतावासका कर्मचारी यो क्षेत्रमा खटिने छन् । पूर्वी क्षेत्रमा रहेका श्रमिकका समस्या सुन्न र समाधानका लागि छुट्टै दुई जना कर्मचारी हुँदा सहज हुने दूतावासले जनाएको छ । 

अहिले साउदीको रियादमा नेपाली दूतावासको कार्यालय रहेको छ भने साउदीकै जेद्दामा महावाणिज्य दूतावास रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया