आउँदाे चुनावमा एमालेको एकल बहुमत आउन सक्छ : पृथ्वीसुब्बा गुरुङ

 भदौ २६, २०७९ आइतबार १९:२५:२६ | श्यामशितल परियार
unn.prixa.net

फाइल तस्बिर

लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आउँदो मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने जिकिर गर्नुभएकाे छ । एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी लमजुङले आइतवार बेसीसहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गुरुङले यस्तो बताउनुभएको हो ।

गएको पालिका चुनावमा ३४ प्रतिशत मतसहित एमाले पहिलो लोकप्रिय पार्टी रहेको र त्यसमा ६ प्रतिशतमात्रै मत थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहासचिव गुरुङले उल्लेख गर्नुभयो । ‘निर्वाचनविद्हरूले हामीलाई दिनुभएको तथ्याङ्कका आधारमा हामी एक पार्टी सदस्य र नयाँ दुई मतदाता तयार गर्ने अभियानमा छौँ’, उहाँले भन्नुभयो । 

एमालेमा अहिले आठ लाख ५५ हजार पार्टी सदस्य रहेको बताउँदै नेता गुरुङले आठ लाख सदस्यमात्रै नयाँ दुई मतदाता तयार गर्ने अभियानमा लागेमा १६ लाख मतदाता थपिने बताउनुभयो । ‘५६ लाख मतको अनुमान हामीले गरेका छौँ । त्यो रणनीति बनाएर हामी अघि बढेका छौँ । ५६ लाख मत आएमा एमालेको बहुमत आउँछ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेको एकल सरकार भएमा मात्रै देशमा विकास, सुशासन र समृद्धिको अभियान अघि बढ्ने, गरिबी निवारण हुने उहाँको दाबी छ । 

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहनुभएका गुरुङले अधुरा रहेका काम पूरा गर्न पनि पुनः एक पटक मुख्यमन्त्री बन्नका लागि सङ्घ छाडेर प्रदेश रोजेको बताउनुभयो । ‘अहिले मैले योगदान दिनसक्ने ठाउँ एक पटकलाई मुख्यमन्त्री नै हो भन्ने महसुस गरेको र गण्डकी प्रदेशमा मुख्यमन्त्री बन्ने परिस्थिति, सम्भावना पनि भएकाले म यहाँ आएको हुँ’, उहाँले भन्नुभयो ।

गुरुङलाई प्रदेश सभा सदस्य उम्मेदवारको रूपमा नेकपा एमालेले लमजुङको प्रदेश सभा (ख) बाट नाम सिफारिस गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

1 Comments

  • prakash thapa

    Sept. 11, 2022, 7:59 p.m.

    लम्जुङको ख अथवा २नं मा के काम गरेर देखाउनु भएको छ मध्यपाहाडिलोक मार्ग कहिले सम्म बनाई सक्नु पर्ने हो अझेै भन्नु पर्दा रामबजार बाट थान्सिङ सम्म को बाटोमा के उपलब्धि भएको छ बिजुलिको तार मेन लाईन बाट कुन ठाउमा तीन लाईन को छ । पोल कति जिर्ण अबस्थामा छ हजुर यो बाटो हिडेको देखेको छु मैले सुरक्षाको साथ मिदिम खोलाको पुल को कुन हालत छ हजुरलाई अबगत नै छ होला नि जिल्ला केन्द्र स्तरमा बसेर बोलेर मात्र हुन्छ काम गरेर पनि देखाउन सक्नु पर्योनि सर हामी पनि तपाईको सपोटर नै हो तर अब बिचार गर्नु पर्ने बेला ाआएको छ गुरुङ भेडो हो भन्ने चलन हाम्रो समाजमा छ तर अब सबै शिक्षित भएका छन् हेर्दै जानुस मध्यनेपाल नगरपालिका बाट कति सपोट होला हुन त मेरो भाई नै नेकपा एमालेको बडाको सदस्या हो मेरो बुबाको दबाबले भाइ लाई त्येहा सम्म पुर्याउने योग्दान गर्नु भएको छ फल पाएको छैन जस्ले बिकास गरेको छ उस्लाई रोज्ने हो हाम्रो लाई होईन राम्रोलाई रोज्ने बेला ाआएको छ हेर्दै जाँउ दशै पछिको माहोल के बन्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया