मुन ह्युमन रिसोर्स म्यानपावरविरुद्ध २ करोड १६ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर

 भदौ ३१, २०७९ शुक्रबार १३:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  वैदेशिक रोजगारीको लागि इजाजतप्राप्त म्यानपावर कम्पनी मुन ह्युमन रिसोर्स प्रालिविरुद्ध करोडौँ रुपैयाँ ठगी गरेको उजुरी परेको छ । 

वैदेशिक रोजगारीको लागि आकर्षक तलब सुविधासहित नेदरल्याण्ड, क्रोएशिया र माल्टा लगायतका देशमा पठाउने भन्दै १४ जनाबाट एक करोड ४४ लाख ३२ हजार २५० रुपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको हो । 

विभागका अनुसार यस म्यानपावरले विदेश पठाउने भनेर पैसा लिने तर नपठाउने गरेको पाइएको छ । यस म्यानपावरका सञ्चालक प्रकाश राई, दीपक श्रेष्ठ, सुवास थापा र राजेन्द्रकुमार श्रेष्ठले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम र राजकुमार सिटौलाले दफा ४३ बमोजिमको कसुर गरेको विभागले जनाएको छ ।

ऐनअनुसार ठगी गरेको रकमको ५० प्रतिशत हर्जाना क्षतिपूर्ति पनि बेहोर्नुपर्छ । यसरि यस म्यानपावरले क्षतिपूर्ति बापतको ७२ लाख १६ हजार १२५ रुपैयाँ समेत गरी २ करोड १६ लाख ४८ हजार ३७५ रुपैयाँ पीडितलाई दिलाउन विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया