गठबन्धन सरकारकाे दिमागले काम गर्दैन, मसलले काम गरिरहेको छ : ओली

 असोज ६, २०७९ बिहिबार १४:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले दिमागले नभइ शक्तिले शासन गरिरहेको आरोप लगाउनुभएको छ । 

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पार्टीमा भित्र्याउन आज बिहीवार भएको कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको भन्दै सत्ता गठबन्धनको चर्को आलोचना गर्नुभयो । संविधानको धारा १८१ ले कुनै पनि विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि लैजानुअघि परामर्श गर्नुपर्नेमा गठबन्धन सरकारले त्यो नगरेको र राष्ट्रपतिलाई विवादमा तानिरहेको आरोप लगाउनुभयो ।  

‘मैले संसद्को एक वर्ष अगाडि नै उभिएर भनेको थिएँ– संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस्, संविधानको पालना सरकारले गरोस्’, उहाँले भन्नुभयो, ‘संविधान विधेयकहरू संसदमा पेस गर्नुअघि राष्ट्रपतिसँग सल्लाह गर्नुपर्छ, राष्ट्रपतिसँग स्वीकृति लिनुपर्छ, राष्ट्रपतिलाई ब्रिफिङ गरेको हुनुपर्छ भन्छ । यो अहङ्कारी गठबन्धनले संविधानको धारा १८१ एक पल्ट पनि पालना गरेन ।’

संसद्ले नचिनेका मान्छे भेला भएर नागरिकताजस्तो विषयमा राजनीति गरेको ओलीको आरोप छ । उहाँले भन्नुभयो, ‘उहाँहरू जनतालाई अलमल्याउन चाहानुहुन्छ, उहाँहरूको दिमाग, मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ । उहाँहरू मसलबाट सोच्नु हुन्छ आजकल, पाखुराबाट सोच्नु हुन्छ । दिमाग भएजस्तो लाग्दैन । दिमागको त कुरै गर्नु हुन्न । राष्ट्रपतिजीले पुनर्विचार गर्ने कि भन्नुभयो, उहाँहरूले पाखुरा ठट्याउँदै नगर्ने भन्नुभयो । बाहिर–बाहिर बसेर अनाडि मान्छे भेला भएर, अनाडि मान्छे बसेर, संविधानले नचिनेका व्यक्ति बसेर राष्ट्रपतिको मजाक उडाउने काम भएको छ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया