रुकुम पूर्वमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

 असोज ६, २०७९ बिहिबार १६:२८:३७ | राजु लामिछाने
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताउनुभयो । 

बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया