आईपीएल क्रिकेटमा पञ्जाबले कोलकतालाई ७ रनले हरायो
चैत १८, २०७९ शनिबार
रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या चार पुगेको छ ।
काठमाण्डाैबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको ग १ ख ९१०९ नम्बरको यात्रुवाहक बस बिहीवार दिउँसो क्याङसी बगरमा दुर्घटना हुँदा चार जनाकाे ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले जनाकारी दिनुभयो । मृतकको सनाखत हुन र घाइतेको परिचय खुल्न बाँकी रहेको डीएसपी डाँगीले बताउनुभयो ।
बस सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।