अमेरिका जाने ईडीभी भिसाका लागि नक्कली प्रमाणपत्र पेस गर्नेहरु पक्राउ

 असोज ७, २०७९ शुक्रबार १५:२५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – अमेरिका जाने ईडीभी२०२१ को भिसा प्रक्रियाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा बनाएको आरोपमा नौ जना पक्राउ परेका छन् । 

ईडीभी२०२१ मा नाम निस्किएपछि भिसा प्रक्रियाका लागि नक्कली प्रमाणपत्र पेस गरेको सूचनाको आधारमा नक्कली प्रमाणपत्र पेस गर्ने र बनाउने गरी नौ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा पाँचथर घर भइ झापा बस्ने समिर राई, कास्कीका अरूण कार्की, नुवाकोट घर भइ काठमाण्डौ बस्ने राधिका तामाङ, स्याङजा घर भइ काठमाण्डौ बस्ने सबिता श्रेष्ठ, झापाका बिदुर प्याकुरेल, काठमाण्डौका सुरज राज खत्री, अछामका वीरेन्द्र बहादुर रावल, झापाका दिनेश प्रसाई र झापाकै सूर्य बहादुर श्रेष्ठ रहेका छन् । झापाका दिनेश प्रसाई र झापाकै सूर्य बहादुर श्रेष्ठ नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा सहभागी रहेकाे प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया