कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै लड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा जान बाध्य भएको बताउनु भएको छ ।
राष्ट्रिय युवा सङ्घ, नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । साथै उहाँले अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी समेत गर्नु भएकाे छ ।
अध्यक्ष ओलीले सत्तारुढ दलहरुलाई आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा आफ्नो पार्टीले हराउने निश्चित भएपछि उनीहरुले गठबन्धनको त्यान्द्रो समाउनु परेको दाबी गर्नुभयाे ।
ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै देशको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने दोहोर्याउनु भयो ।