महोत्तरीको मटिहानीमा एक महिलाको शव फेला

 असोज ८, २०७९ शनिबार ११:४३:५९ | सुनिता महताे
unn.prixa.net

साङ्केतिक तस्बिर

महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमिना खातुनको शव फेला परेको छ।

हिजो बिहान धान हेर्न खेतमा पुगेकी खातुनको गएराति बाँसघारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शरीरमा चोट रहेकाले हत्या भएको हुनसक्ने र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी चन्देश्वर यादवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुनिता महताे

महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया