सुदूरपश्चिम राजधानी कप : ढिलो गरी सुरु भएको उद्घाटन खेल आधामै रोकियो

 असोज ९, २०७९ आइतबार ६:४१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली - सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता कैलालीको धनगढीमा सुरु भएको छ । पीएफए स्पोर्ट्रस क्लबको आयोजनामा सुरु भएको खेलमा सात वटा प्रदेशको सहभागिता छ ।

धनगढी रङ्गशालामा हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशको रातो टिम र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरेका छन् । तर, उद्घाटन खेल ढिलो भएपछि आधामै रोकिएको छ । रात परेपछि स्थगित खेलको बाँकी १७ मिनेट आज खेलाइनेछ ।

खेल रोकिनु अघि दुवै टोलीले गोलरहित बराबरी खेलका छन् । आज हुने अर्को खेलमा मधेस प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले टोलीले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्नेछन् ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया