अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुनअनुसार पुनरावलोकन गरिने

 असोज ९, २०७९ आइतबार ६:५२:४ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने भएको छ ।

तालिबान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिँदै आएकाले पाठ्यक्रम पनि त्यहीअनुसार परिमार्जन गर्न लागिएको तालिबान सरकारको उच्च शिक्षा मन्त्रालयका प्रवक्ता अहमद ताक्विले बताउनुभयो । उहाँका अनुसार ३५ वटा पाठ्यक्रम परिमार्जनको अन्तिम चरणमा पुगेको छ ।

अरु केही पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको छ । पाठ्यक्रम परिमार्जन गर्दा मुस्लिम संस्कृति, परम्परा, मूल्य मान्यतालाई सकेसम्म धेरै समेट्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने शिक्षा मन्त्रालयको दाबी छ ।

परिमार्जनको अन्तिम चरणमा रहेका ३५ मध्ये २० वटा स्नातक तहका र १५ ओटा स्नातकोत्तर तहका रहेका समाचार संस्था एएनआईले जनाएको छ । अफगानिस्तानमा अहिले १ सय ६५ वटा फरक–फरक शैक्षिक पाठ्यक्रम देशभरि लागू भएको अवस्थामा छन् ।

तालिबान सरकारले छात्रालाई विद्यालयमा पठनपाठन प्रतिबन्ध गरेको छ । उनीहरूलाई रोजगारी गर्न समेत रोकिएको छ । त्यसैगरी महिलाहरूलाई घर बाहिर जानु परेमा बुर्का लगाएर र कम्तीमा एक जना आफन्तलाई सँगै लिएर जान आदेश छ । यी आदेशकाविरुद्ध अफगानिस्तानमा निरन्तर आन्दोलन भइरहे पनि तालिबान सरकारले बेवास्ता गर्दै आएको छ। 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया