घट्यो सुन चाँदीको भाउ, सुन तोलामा एक हजार रुपैयाँ सस्तो

 असोज ९, २०७९ आइतबार १०:५४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो ।

यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया