उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

 असोज ९, २०७९ आइतबार ११:२:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका छन् ।

दक्षिण कोरिया र अमेरिकाका सैनिकबीचको संयुक्त अभ्यासभन्दा पहिले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ ।  यस्तै, अमेरिकी उपराष्ट्रपति कमला ह्यारीको निकट भविष्यमा हुन लागेको दक्षिण कोरिया भ्रमणको अगाडि उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्र सङ्घले ब्यालेस्टिक मिसाइल तथा परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले त्यसको उल्लङ्घन गर्दै आएको छ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया