यूईएफए नेसन्स लिग : नेदरल्यान्डले बेल्जियमलाई हरायाे, डेनमार्कसँग फ्रान्स पराजित, वेल्स रेलिगेसनमा

 असोज १०, २०७९ सोमबार ९:४०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डले बेल्जियमलाई पराजित गरेको छ । कप्तान भर्जिल भान डाइकको गोलमा नेदरल्यान्डले बेल्जियममाथि १–० को जित निकालेको हो ।

जितसँगै समूह 'ए' चारमा रहेको नेदरल्यान्ड पछिल्लो १५ खेलसम्म अपराजित भएकाे छ । उसले ६ खेलबाट १६ अङ्क जोडेको छ । बेल्जियम १० अङ्क जोडेर पुछारमा छ । यस्तै, यही समूहको अर्काे खेलमा पोल्यान्डले वेल्सलाई १–० ले पराजित गरेको छ । हारसँगै वेल्स रेलिगेसनमा परेको छ ।

यस्तै, अर्को खेलमा डेनमार्कले फ्रान्सलाई हराएको छ । राति भएको खेलमा समूह 'ए' एक मा रहेको डेनमार्कले फ्रान्सलाई २–० गोल अन्तरले हराएको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक/एक गोल गरे ।

जितसँगै डेनमार्कले ६ खेलमा १२ अङ्क जोडेको छ । डेनमार्क समूहको दोस्रो स्थानमा रहेको छ फ्रान्स ५ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्को खेलमा क्राेयसिया विजयी भएको छ । क्रोयसियाले अस्ट्रियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । यसैगरी, समूह 'सी' तीनको खेलमा अजरबैजानले कजाकस्तानलाई ३–० ले हराएको छ । यो समूहमा रहेका स्लोभाकिया र बेलारुसले भने एक/एक गोलको बराबरी खेलेका छन् ।

यस्तै, समूह 'डी' एकमा रहेका एन्डोरा र लातेभियाले पनि एक/एक गोलको बराबर खेलेका छन्। यो समूहको मोल्दोभाले भने लिचटेनसियालाई २–० गोल अन्तरले पराजित गरेको छ। यस्तै, समूह 'सी' का खेलमा फारोइ आयरल्यान्डले टर्कीलाई २–१ ले हराएको छ भने लक्जमवर्गले लुथुनियालाई १–० गोल अन्तरले पराजित गरेको छ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया