सन्दीप लामिछानेविरुद्ध इन्टरपाेलले ‘डिफ्युजन नोटिस’ जारी गर्‍याे

 असोज १०, २०७९ सोमबार १९:३१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका सन्दीपविरुद्ध नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले उनलाई फरार सूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो । 

नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरार सूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन् । 

गएकाे भदौ ५ गते काठमाण्डाैकाे एक होटलमा लगेर नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध भदौ २२ गते गौशाला प्रहरीमा जाहेरी परेको थियो । उजुरी पर्दा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए । त्यसपछि उनी फरार छन् । 

उनले हिजो आइतवारमात्रै फेसबुकमा स्ट्याटस लेखेर आफू निर्दोष भएको र आफूलाई अपराधीको व्यवहार हुँदा मानसिक तनावको सिकार भएको लेखेका थिए । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया