इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा : जर्मनी र इंग्ल्यान्डले बराबरी खेले

 असोज ११, २०७९ मंगलबार ८:२१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरि फाइनल चारमा पुगेको हो ।

गएराति भएको खेलमा इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले एक/एक गोल गरे । जितसँगै इटाली लिग ए समूह ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरीको १० अंक छ । यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल चारमा स्थान बनाइसकेका छन् । यो समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

जर्मनीले दुई गोलको अग्रता लिए पनि इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गरि खेलमा बराबरी गर्‍याे । जर्मनीका लागि काई हाभर्टजले दुई तथा इल्केए गुन्डोगानले एक गोल गरे । इंग्ल्यान्डका लुका सा, मासन माउन्ट र ह्यारी केनले गोल गरे । इंग्ल्यान्ड यसअघि नै रेलिगेसनमा परिसकेको छ । जर्मनीले ७ तथा इंग्ल्यान्डले ३ अंक जोडेका छन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया