अमेरिकी डलर अहिलेसम्मकै उच्च १३० रुपैयाँ ९० पैसा पुग्यो : नेपाली रुपैयाँ कमजोर

 असोज ११, २०७९ मंगलबार ८:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी डलरको भाउ अहिलेसम्कै उच्च १३० रुपैयाँ ९० पैसा बिक्रीदर पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १३० रुपैयाँ ९० पैसा तोकेको छ ।

गएको शनिबार डलरको भाउ १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ । पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्रामा असर पार्छ  । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ ।  
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया