साबा महिला बास्केटबलमा नेपालले श्रीलङ्कालाई हरायो

 असोज १२, २०७९ बुधबार ६:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माल्दिभ्समा चलिरहेको साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

मालेमा गएराति भएको खेलमा श्रीलङ्कालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो।

नेपालले श्रीलङ्कामाथि ५५–४९ को जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेलमा आज भुटानसँग खेल्नेछ। 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया