यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा

 असोज १२, २०७९ बुधबार ६:५४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिगमा पोर्चुगललाई हराउँदै स्पेन फाइनल चारमा पुगेको छ । गएराति भएको खेलमा स्पेनले घरेलु टोलीलाई १–० गोलले हरायो ।

स्पेनका लागि खेलको अन्तिम समय ८८औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै निर्णायक बन्यो । ९०औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले बराबरी गर्ने अवसर पाए पनि गोलरक्षकले जोगाए । जितसँगै स्पेन नेसन्स लिग 'ए' समूह २ मा ६ खेलबाट ११ अङ्क जोडेर शीर्षस्थानमा रह्यो ।

पराजित पोर्चुगल १० अङ्ककासाथ दोस्रो स्थानमा, स्विट्जरल्यान्ड ९ अङ्कसहित तेस्रो र चेक रिपब्लिक ४ अङ्ककासाथ चौथो स्थानमा रह्यो । यो समूहको अर्को खेलमा स्विट्जरल्यान्डले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ ।

स्विट्जरल्यान्डका रेमो फ्रुउलेर र ब्रिल इम्वोलोले गोल गर्दा चेक रिपब्लिकका प्याट्रिक सिकले एक गोल फर्काए । यूईएफए नेसन्स लिगमा यसअघि क्रोएसिया, नेदरल्यान्ड्स र इटलीले फाइनल फोरमा स्थान बनाइसकेका छन् ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया