सार्वजनिक ठाउँमा सुर्ती, चुराेट खान निषेध : नियम पालना भएन

 असोज १२, २०७९ बुधबार १५:३९:५८ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खान निषेध गरे पनि नागरिकले त्यसको पालना गरेको देखिँदैन । कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ गतेदेखि सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ खाएकाे पाइए एक सय रुपियाँ जरिबाना लाग्ने सूचना सार्वजनिक गरेको थियो । 

रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भिडभाड बढी हुने ठाउँमा नागरिकले खुलेआमरूपमा सुर्तीजन्य पदार्थ खाइरहेका पाइएको छ । कामपाका मेयर बालेन्द्र साह, सचिवालय सदस्य सुनिल लम्सालले यस सम्बन्धमा कामपाका नगर प्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरू जुनसुकै समयमा कारबाहीमा पर्ने बताउनुभयो ।  

सूचनाको अवज्ञा गरेको  पाइए सुर्तीजन्य पदार्थ–नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र जरिबाना गर्ने बताइएको छ ।  

कामपा नगर सभाको ११ औँ अधिवेशनले सार्वजनिक ठाउँमा धूम्रपान निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया