त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

 असोज १२, २०७९ बुधबार १४:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा नउडाउन चेतावनी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना निकालेर विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै चेतावनी दिएको हो । 

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले आग्रह पनि गरेको छ । 

कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्तो गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया