आफ्नै घरमा काम गर्ने युवतीलाई जबरजस्ती करणी गरेकाे आराेपमा भक्तपुरमा १ जना पक्राउ

 असोज १२, २०७९ बुधबार १५:८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

भक्तपुर – आफ्नै घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् ।  

बैतडीको सिगास गाँउपालिका वडा नम्बर ५ घर भइ अहिले भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ बोडे बस्ने टेकबहादुर चन्दले आफ्नै घरमा काम गर्ने वर्ष १९ की युवतीलाई जबरजस्ती करणी गरेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्त थिमिले जनाएको छ । उनले युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

पक्राउ परेका चन्दलाई अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया