ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्छ : जबरा

 असोज १२, २०७९ बुधबार १५:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले सबै नेपाली मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

आज बुधवार काठमाण्डाैमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता जबराले यस्तो बताउनुभएको हो । उहाँले आउँदाे चुनाव देशको भविष्यको चुनाव भएकाले सबैले मिलेर जनमतबाट ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताउनुभयो । आउँदाे चुनावबाट देशलाई विकासको अभियानमा जोड्नुपर्ने उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हामी सबै मिलेर ठूला पार्टीहरूको ब्रह्मलुट अन्त्य गर्नुपर्नेछ । यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य गर्न आवश्यक छ । यसपालिको चुनाव देशकाे भाग्य ठेगान गर्ने चुनाव हो । यो पालि अरू बेला जस्तो होइन, फेरबदल गर्ने हो । यो देश अब विकासको छायामा रहन सक्दैन ।’

नेता जबराले देशलाई अब राप्रपाले अपार उन्नतिको बाटोमा लैजाने दाबी गर्नुभयो । उहाँले राप्रपा अब देशकाे नयाँ बिहानीका लागि अघि सर्ने स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया