देशको अवस्था देखेर नागरिक दिक्क छन् : ओली

 असोज १३, २०७९ बिहिबार १९:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको जिकिर गर्नुभएकाे छ । आज बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले देशको अवस्था देखेर नागरिक दिक्क भएको बताउनुभयो । उहाँले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव देश विकासको निर्णायक चुनाव भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको दाबी गर्नुभयाे । उहाँले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्ने कुरा चुनावले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनता वास्तवमा देशको हालत देखेर, जसरी देश अघि जाँदै छ, यस्तो अवस्थाबाट दिक्क छन्, त्रसित पनि छन् । यो देश कहाँ पुग्ने हो ? एउटा भयावह स्थिति छ । यस्तो स्थितिमा मङ्सिर ४ गते सङ्घ र प्रदेशको चुनाव आइरहेको छ । देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको, विकासको पक्षमा पार्न र राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न, विकासको गतिलाई अघि बढाउन नेकपा एमालेबाहेक अरूले सक्दैन ।’

अध्यक्ष ओलीले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Dip bahadur adhikari

    Sept. 30, 2022, 3:47 p.m.

    Nice told

  •  0 Reply

तपाईको प्रतिक्रिया