बालकाेटमा एमाले सचिवालय बैठक चल्दै

 असोज १३, २०७९ बिहिबार २०:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको सचिवालय बैठक चलिरहेकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा केही बेरअघि बैठक सुरु भएको हो । 

बैठकमा आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ । बैठकमा लोकतान्त्रिक समाजवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ । 

प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गइरहेको अवस्थामा गठबन्धन दलहरूसहित सबै दलले उम्मेदवार छनोटबारे छलफल तीव्र पारेका छन् । प्रत्यक्षतर्फ यही असोज २३ देखि २६ गतेसम्म उम्मेदवारी दर्ता (मनोनयन) गर्न निर्वाचन आयोगले समय दिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया