दशैँको अवसरमा सानिमा बैंकको विशेष छुट अफर

 असोज १४, २०७९ शुक्रबार १५:३८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सानिमा बैंकले नेपालीहरुको महान चाड बडादशैँ र तिहारको अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ । बैंकका अनुसार सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी  क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम सय रुपैयाँसम्मको छुट प्रदान गरिने छ ।

यो योजना २०७९ असाेज १६ गतेदेखि २२ गतेसम्म  र कात्तिक ७ गतेदेखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । 

बैंकका १ सय २७ वटा कार्यालय तथा १ सय २० वटा एटीएम संचालनमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया