राँगाकाे मासु घाँटीमा अड्किएर लमजुङमा १ जनाकाे ज्यान गयाे

 असोज १८, २०७९ मंगलबार १८:५४:५८ | श्यामशितल परियार
unn.prixa.net

प्रतीकात्मक तस्बिर

लमजुङ – लमजुङमा मासु खाँदा घाँटीमा अड्किएर एक जनाकाे ज्यान गएको छ । राँगाको मासु खाँदा घाँटीमा अड्किएर लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीका ४९ वर्षीय शम्शेर परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमवार राँगो काटेको र घरमा मासु खाने क्रममा घाँटीमा अड्किएपछि परियारलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याइएको थियो ।

चिकित्सकले उपचार गर्नका लागि जाँच गराउने क्रममा परियारकाे ज्यान गएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकले बताउनुभयो । मृतकको पोस्टमार्टमपछि शव आज मङ्गलवार नै परिवारलाई बुझाइएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया