१७ वर्षमुनीको एसियन कप छनोटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै

 असोज १९, २०७९ बुधबार ९:१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ ।

भियतनामको फु थो मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डसँग जितकै लागि खेल्ने बताएका छन् । छनोटका लागि नेपाली टोली सोमवार भियतनाम पुगेको थियो ।

छनोटमा नेपाल समूह एफमा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया