देश दशैँमय बन्दा परिवारसँग छुट्टिनेहरू

 असोज १९, २०७९ बुधबार १४:४१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यति बेला सिङ्गो देश नै दशैँमय बन्दा केही मानिस भने विदेश जान बाध्य छन् । 

आज (बुधवार) विजया दशमी मनाइरहँदा केही मानिस भने रोजगारी र अध्ययनका लागि रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए । आज बिहान दशैँको टीका लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही मानिस विदेश जानका लागि परिवारसँग खुसी र दुःख एकैसाथ साट्दै गरेका देख्न सकिन्थ्यो । धेरैजसाे नेपाली दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । तीमध्ये धेरैजसाे युवा छन् । 

रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर र परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन् । अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरूकाे भनाइ छ । महान् चाड बडादशैँको बेलामा सयौँ युवा रोजगारीका लागि विदेशिन बाध्य छन् । 

घर, परिवारबाट बिदा भइ खादा र टीका लगाइ विदेशिने युवाको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ । पर्वमा घर परिवारलाई छाेडेर वैदेशिक रोजगारका लागि खाडी देश जान लागेका युवाको मन भारी छ । यद्यपि हातमुख जोर्ने बाध्यताले चाडबाड मनाउने सुविधा भने दिएको छैन । 

न्युज एजेन्सी नेपालकाे सहयाेगमा

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया