एमाले अध्यक्ष ओलीद्वारा दशैँकाे टीका ग्रहण

 असोज १९, २०७९ बुधबार १६:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँको टीका ग्रहण गर्नुभएको छ ।

झापाको दमकमा आफ्नै निवासमा रहनुभएका ओलीले विजया दशमीको दिन आज (बुधवार) बुबा मोहनप्रसाद ओली र ठूली आमा हरिमायाको हातबाट दशैँको टीका ग्रहण गर्नुभएको हो । त्यस अवसरमा उहाँले पत्नी राधिका शाक्यलाई पनि टीका लगाइ दिनुभएको थियो ।

त्यही क्रममा ओलीले आफन्त र सर्वसाधारणलाई पनि टीका लगाइ दिनुभएको थियो । उहाँले पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूलाई टीका, जमरा लगाइ दिनुभयाे ।

आउँदाे चुनावकाे मुखमा केही दिनदेखि दमक रहनुभएका ओली आजै काठमाण्डाै फर्किने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया