रसायनशास्त्रतर्फकाे नाेबेल पुरस्कार घाेषणा, ३ जनाले पाउने

 असोज १९, २०७९ बुधबार १६:५८:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा दिने घोषणा भएको छ । नोबेल छनाेट समितिले क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेसलाई नाेबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो ।

'क्लिक केमिस्ट्री' पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि उनीहरूलाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको नोबेल समितिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ८१ वर्षका शार्पलेसले यसअघि २००१ मा पनि नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो । नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै धनराशी भएको पुरस्कार तीन जनाले बराबरी बाँड्ने छन् ।

गएको वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना वैज्ञानिकले संयुक्तरूपमा प्राप्त गरेका थिए ।

भोलि बिहीवार साहित्यतर्फ र पर्सि शुक्रवार शान्तितर्फका नोबेल पुरस्कार विजेताका नाम घोषणा गरिनेछ । यस्तै आउँदो सोमवार अर्थशास्त्रतर्फका विजेताका नाम घोषणा गरिने कार्यक्रम छ । यसअघि भौतिकशास्त्र र चिकित्साशास्त्रसम्बन्धी नोबेल पुरस्कारको घोषणा भइसकेको छ ।

स्विडिश उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेख्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया