इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर तेह्रथुममा १ जनाकाे ज्यान गयाे

 असोज १९, २०७९ बुधबार २०:२६:५ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

तेह्रथुम – इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज बुधवार एक जनाकाे ज्यान गएकाे छ ।

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको ज्यान गएकाे इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिनुभयो । इङनामकाे घटनास्थलमै ज्यान गएकाे हाे । 

इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया