वेस्ट इन्डिजसँगकाे पहिलाे टी–२० क्रिकेटमा अस्ट्रेलिया विजयी

 असोज १९, २०७९ बुधबार १८:२०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेट अस्ट्रेलियाले जितेको छ । कारारा मैदानमा पाहुना टोली वेस्ट इन्डिजले दिएको एक सय ४६ रनको लक्ष्य अस्ट्रेलियाले एक बल बाँकी छँदै सात विकेट गुमाएर भेटायो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ५८ र म्याथु वाडेले ३९ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका सेल्डन कट्रेल र अल्जारी जोसेफले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि केल मेयर्सले २९ र ओडियन स्मिथले २७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जाेश हेजलवुडले तीन तथा मिचेल स्टार्क र प्याट कमिन्सले दुई/दुई विकेट लिए ।

दुई खेलको टी–२० शृङ्खला खेल्न वेस्ट इन्डिज अस्ट्रेलियाको भ्रमणमा रहेको छ । यी दुईबीचकाे दाेस्राे टी–२० आउँदाे शुक्रवार हुनेछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया