जीपले ठक्कर दिँदा श्रीमानकाे ज्यान गयाे, श्रीमती घाइते

 असोज १९, २०७९ बुधबार १८:२५:५९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – चितवनमा जीपकाे ठक्करबाट श्रीमानकाे ज्यान गएको छ भने श्रीमती घाइते भएकी छिन् । 

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिन जाँदै गरेको बा १५ च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढ आउँदै गरेको बाग्मती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज बुधवार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाउँपालिका–५ का ४८ वर्षीय मित्रलाल पङ्गेनीको ज्यान गएकाे हो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मित्रलालकी श्रीमती ४० वर्षीया राधा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया