यसरी मनाए कलाकारले दशैँ

 असोज १९, २०७९ बुधबार २०:४:१९ | रासस
unn.prixa.net

काठमाण्डौ – विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैँको टीका ग्रहण गरेका तस्बिरहरू कलाकारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । 

नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएकी छिन् । यस्तै अभिनेता हरिवंश आचार्यले स्व. श्रीमती मीरा आचार्यको तस्बिर राखेर पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन् ।  

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा थापेपछि आशीर्वाद लिएका छन् ।   

अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टीका ग्रहण गरेकी छिन् । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गरेका छन् ।  

यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेपछि सामूहिक तस्बिर खिचाउँदै हास्यकलाकार शिवशङ्कर रिजालले दशैँको शुभकामना दिएका छन् ।  

तस्बिर : कलाकारहरूकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया