काठमाण्डाैकाे असनमा आज टीका

 असोज २०, २०७९ बिहिबार ८:४६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभर हिजो विजयादशमीका अवसरमा टीका लगाइयो । देशका सबै ठाँउका हिजो नै देवी विसर्जन गरेर दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापे ।

तर, काठमाडौको असनका बासिन्दाले आज मात्र विजयादशमीको टीका थाप्दैछन् । हरेक वर्ष एकादशीका दिन असनवासीहरु मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्दछन् ।

आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ । असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने स्थानीय रोशन तुलाधरले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया