दाङमा खाेलाले बगाउँदा थप एक जनाको ज्यान गयाे

 असोज २०, २०७९ बिहिबार १०:३०:१३ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ ।

मामाघरमा रहेका छोराछोरीलाइ लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका – १५ निवासी ४८ वर्षीय मदन डाँगिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो खोलाले बगाउँदा वेपत्ता भएका डाँगिको शव आज बिहान घटनास्थल देखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर  ३  बेलुवाका ४५ वर्षका धिरज घिमिरेको घर नजिकैको खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया