दाङमा लगातारको वर्षाका कारण आएकाे बाढीले ९ घर डुबानमा

 असोज २०, २०७९ बिहिबार १०:४३:४४ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – लगातारको वर्षातका कारण दाङको बबई नदीमा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बगरपुरमा ९ वटा घर डुबानमा परेका छन् ।

प्रहरीका अनुसार नदीको बीचमा ९ वटा घरमा ३५ जना फसेका छन् । यस्तै तुलसीपुर–१५ मलवारमा ६ वटा घर डुबानमा परेका छन् ।

घर डुबानमा परेका कारण ६ घर परिवार आफन्तीको घरमा बसेका छन् । यस्तै दाङको देउखुरी क्षेत्रको राप्ती नदीमा आएको बाढीले नदी तटीय क्षेत्र जलमग्न भएको छ ।

प्रहरीका अनुसार आसपासका केही घरहरू डुबानमा परेको र केहीलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

वर्षातका कारण लमही–४ शान्तिनगरमा पनि २ घर डुबानमा परेका छन् । पहिरो र बाढीले घरमा डेढ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया