अफगानिस्तानको अर्थतन्त्र नाटकीय रूपमा धराशायी बन्दै  : संयुक्त राष्ट्रसङ्घद्वारा चासो व्यक्त

 असोज २१, २०७९ शुक्रबार ८:४९:२२ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अफगानिस्तानको अर्थतन्त्र नाटकीय रूपमा धराशायी बन्दै गएको प्रतिवेदन सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनमा तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्र खराब उन्मुख भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको उल्लेख छ ।

सन् २०२१ को अगष्टमा तालिबानले सत्ता सम्हाल्नुअघि अफगानिस्तानको अर्थतन्त्र निकै सानो आकारको थियो र यसको कूल गार्हस्थ्य उत्पादन झण्डै २० अर्ब अमेरिकी डलर थियो ।

तर, एक वर्षको अवधिमा नै ५ अर्ब डलर गुमाएको एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का निर्देशक कन्नी विग्नाराजाले बताउनुभयो ।

उहाँका अनुसार यो १० वर्षको सञ्चित सम्पत्ति हो, जुन १० महिनामा गुमेको छ । सन् २०२१ को अगष्टदेखि आधारभूत खाद्य वस्तुको मूल्य ३५ प्रतिशतले वृद्धि भए पनि अफगानीले ६० देखि ७० प्रतिशतसम्म खर्च गर्ने गरेका छन् ।

अहिले अफगानिस्तानमा ९५ देखि ९७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको प्रतिवेदनमा उल्लेख छ । यो संख्या एक वर्ष अघि ७० प्रतिशत थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया