सल्यानको सल्लाममा ठूलो पहिरो : चार घर पुरिए

 असोज २१, २०७९ शुक्रबार १०:५२:४९ | हेमराज शर्मा
unn.prixa.net

सल्यान– सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–५ सल्लाममा ठूलो पहिरो गएको छ ।

पहिरोले चार घर पुरिएका त्यहाँका पत्रकार सञ्तोष घर्तीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको हो । इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

जिल्लाका प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक दामोदर केसीले कपुरकोटमा पहिरोले घर पुरेको खबर आए लगतै घटनास्थलमा कपुरकोटबाट प्रहरी टोली खटाइएको जानकारी दिनुभयो ।

पहिरो झर्ने जोखिमका कारण त्यहाँका बासिन्दाले बिहानै घर छोडेर सुरक्षित ठाउँमा गएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया