जसपा सत्ता गठबन्धन छाडेर एमालेतिर, लोसपाका नेताहरू बालुवाटारमा

 असोज २१, २०७९ शुक्रबार १४:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) ले सत्ता गठबन्धन छाड्ने अन्तिम तयारी गरेको छ । आउँदो चुनावका लागि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेलको ढोका बन्द गर्ने तयारी गरेको छ ।

जसपाले अब नेकपा एमालेसँग तालमेल गर्ने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले हिजो बिहीवार राति नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर धेरै विषय टुङ्ग्याएको नेताहरूले बताएका छन् । एमाले र जसपाबीच तालमेलको सहमतिमा हस्ताक्षर हुनमात्रै बाँकी रहेको नेताहरूको दाबी छ । जसपा आज सत्ता गठबन्धनको बैठकमा समेत सहभागी भएको छैन ।

यसैबीच लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्ता गठबन्धनमा सामेल हुने भएको छ । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जसपा उपस्थित नभएपछि लोसपाका नेताहरू पुगेका छन् ।

अब कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावमा तालमेल हुने सम्भावना बढेको छ । यस्तै नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपालगायतका दलहरूको पनि गठबन्धन बन्ने सङ्केत देखिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया