कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा, बाढीको चेतावनी

 असोज २२, २०७९ शनिबार १८:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कैलाली र कञ्चनपुरका धेरै ठाउँमा भारी वर्षा भएको छ ।

पछिल्लो ३ देखि ६ घण्टामा कञ्चनपुर र कैलालीको धेरै ठाउँमा भारी वर्षा भएको र राति १२ बजेसम्म थप वर्षा हुने भएकाले बाढीको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत यस जिल्लाका साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा भोलि बिहानसम्म सतर्क रहन शाखाले आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया